Section 24
वैयक्तिक सूचना नमानिने
प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सार्वजनिक पद धारण गरेको व्यक्तिको सम्बन्धमा देहायको सूचना निजको वैयक्तिक सूचना मानिने छैनः-
(क) निज कुन सार्वजनिक निकायमा बहाल रहेको पदाधिकारी हो भन्ने विषय,
(ख) निजको पद र सो हैसियतमा सम्पर्क गर्न सकिने कार्यालयको ठेगाना, टेलिफोन नम्बर वा विद्युतीय पत्र (ईमेल) को ठेगाना,
(ग) सार्वजनिक निकायले जारी गरेको वा लेखेको कुनै पत्र वा लिखतमा हस्ताक्षर गर्ने व्यक्तिको नाम र निजको पद,
(घ) निजले सम्पादन गर्ने कामको कार्य विवरण र त्यसको प्रकृति,
(ङ) निजको सेवा शर्त सम्बन्धी विषय।